चीनमा ओमिक्रोन फैलिँदा स्मार्टफोन तथा विद्युतीय गाडी उत्पादक कम्पनीहरुमा असर

0
Shares

चीनमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएपछि विश्वबजारमा स्मार्ट फोन तथा विद्युतीय सवारी साधन, कम्प्यूटर जस्ता उपकरणहरुको निर्माणका कम्पनीहरुमा ठूलो असर पुगेको छ ।

कोरोना भाइरसको उत्पत्ति मुलुक चीनमा पहिलो र दोस्रो भेरियन्टका कारण लामो समय गरिएको लकडाउनका कारण चिप निर्माता कम्पनीहरुको उत्पादनमा कमी आउँदा विश्व बजारका स्मार्ट फोन तथा विद्युतीय सवारी साधन, कम्प्यूटर जस्ता उपकरणहरुको निर्माणका कम्पनीहरुको उत्पादनमा धक्का पुगेको हो । यी कम्पनीहरुको उत्पादनहरुमा क्रमिक रुपमा कमी आएको जनाइएको छ ।

सामसुङ्ग इलेक्ट्रोनिक्स र माइक्रोन टेक्नोलोजी विश्वका दुई ठूला चिप निर्माता कम्पनीहरु हुन् । यी दुई चिप निर्माण कम्पनीहरु चीनको सियान सहरमा अवस्थित छन् ।

सियानमा ओेमिक्रोनको संक्रमण बढ्न थालेपछि चीनले लकडाउन गरेको छ । ओमिक्रोनबाट संक्रमित बिरामीहरुको सङ्ख्या बढेसँगै सियानमा लकडाउन घोषणा गरिएको छ । उक्त लकडाउनले चिप उत्पादनमा बाधा पु¥याउने भन्दै कम्पनीहरुले चिन्ता व्यक्त गरेका छन् ।

लकडाउन हुँदा सामसुङ्ग र माइक्रोन चिप उत्पादनमा तीव्र असर देखिएको छ । संक्रमण फैलँदा उद्योगमा काम गर्ने कामदार समेत घटेको छ भने जनशक्तिको अभावका कारण श्रम महङ्गो हुँदा त्यसको असरले लागत समेत बढेको छ । दुई वर्ष लामो महामारीको बीचमा उत्पादन कम हुँदा सेमीकन्डकटर लगायत कच्चा पदार्थको मूल्य आकासिएको छ ।

माग अनुसारको आपूर्ति नहुँदा तथा कच्चा पदार्थको मूल्य आकासिएसँगै विश्वव्यापी रुपमा चिप तथा सेमिकन्डकटरहरुको माग पनि बढ्दो छ । यसले चिप प्रयोग गरेर स्मार्ट फोन तथा विद्युतीय सवारी साधन, कम्प्यूटर जस्ता उपकरणहरुको निर्माण गरी वस्तु उत्पादन गर्ने कम्पनीहरुलाई थप असर पुगेको हो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १५ पुस २०७८, बिहिबार  १८ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।