श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स र गुहेश्वरी मर्चेन्टको सेयरमूल्य समायोजन

0
Shares

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स र गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सको सेयरमूल्य पुस २२ गते बिहीबार समायोजन भएको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ दुबै फाइनान्सले बिहीबार बुककलोज गरेसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बोनस समायेजन गरी नयाँ मूल्य तोकेको हो ।

नेप्सेका अनुसार श्री इन्भेष्टमेन्टको ७.७० प्रतिशत बोनसपछि प्रतिकित्ता सेयरमूल्य ४४१.९७ रुपैयाँ र गुहेश्वरी मर्चेन्टको १० प्रतिशत बोनसपछि ४५४.४५ रुपैयाँ निर्धारण गरिएको छ । समायोजित मूल्यलाई आधार मानेर आज दुबै कम्पनीको नेप्सेमा बिहीबार सेयर कारोबार खुल्नेछ ।

नेप्सेले अघिल्लो कारोबार दिनको बुधबार कायम भएको अन्तिम मूल्यलाई आधार मानेर सेयरमूल्य समायोजन गरेको हो । अघिल्लो दिन धितोपत्रको दोस्रो बजारमा श्री इन्भेष्टमेन्टको सेयर प्रतिकित्ता ४७६ रुपैयाँ र गुहेश्वरी मर्चेन्टको ४९९.९० रुपैयाँमा अन्तिम पटक कारोबार भएको थियो ।

लाभांश परित गर्ने तथा अन्य उपयुक्त संस्थाहरुसँग मर्जर अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने एजेण्डा दुबै फाइनान्सले पुस २९ गते डोकेको सभामा राखेका छन् । सभाले वार्षिक प्रतिवेदन पारित, गत आवको नाफा नोक्सान लगायतका वासलात अनुमोदन र सम्बन्धीत फाइनान्सको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछन् ।

श्री इन्भेष्टमेन्टले पुस २९ गते बिहान ११ बजे कम्पनीको रजिष्टर्ड कार्यालय डिल्लीबजार, काठमाडौंमा २७ औं वार्षिक साधारण सभा बोलाएको छ । सभाले ७.७० प्रतिशत बोनस सेयर र ३.३० प्रतिशत नगद गरी ११ प्रतिशत लाभांश पारित गर्नेछ ।

यस्तै गुहेश्वरी मर्चेण्टले पुस २९ गते, गुहेश्वरी भवन, हरिहर भवन, ललितपुरमा बिहान ११ बजे २० औं वार्षिक साधारण सभा बोलाएको छ । सो सभाले चुक्ता पूँजीको १० प्रतिशतका दरलेको बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २२ पुस २०७८, बिहिबार  ०९ : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।