
ब्रोकरहरुको डेटा सेन्टरमा प्राविधिक कारणले गडबडी आएपछि कारोबारको दुई घण्टा नबित्दै बन्द भएको सेयर कारोबार अझै सुचारु हुन सकेको छैन ।
डेटा सेन्टरको समस्याका कारण नेपाल स्टक एक्सचेन्जले केही समयका लागि सेयर कारोबार रोक्नुपरेको बताएपनि साढे चार बजेसम्म पनि कारोबार सुचारु हुन सकेको छैन । डेटा सेन्टरको समस्याका कारण दिउँसो १२ बजेर ५३ मिनेटपछि कारोबारमा समस्या देखिएको थियो ।
कारोबार रोकिँदासम्म नेप्से ०.११५ अंकले बढेर २६६८.११ बिन्दुमा पुगेको छ भने सेन्सेटिभ इन्डेक्स ०.०५ अंकले घटेर ५०९.८५ बिन्दुमा झरेको छ । करिब २ घण्टा अवधिमा २२० कम्पनीका २३ लाख ४९ हजार १० कित्ता सेयर १८ हजार ५९७ पटक खरीद बिक्री हुँदा कारोबार रकम १ अर्ब ३४ करोड २२ लाख ३२ हजार रुपैयाँमा समेटिएको छ ।
आज कारोबारमा आएका १३ मध्ये ६ सूचकहरु वाणिज्य बैंक, विकास बैंक, अन्य, माइक्रोफाइनान्स, जीवन बीमा, निर्जीवन बीमाको सूचक हरियो छन् भने बाँकी ७ सूचक रातो छन् ।
कारोबार भएको समयसम्म राष्ट्र उत्थानको सर्वाधिक ६.१० प्रतिशतले मूल्य बढ्दा इमर्जिङ्ग नेपालको ४.०२ प्रतिशत र कर्पोरेट डेभलपमेन्ट बैंकको ३.७५ प्रतिशत, स्वामलम्बन लघुवित्तको ३.२५ प्रतिशतले बढेको छ ।
यस अवधिमा सानिमा लार्ज क्याप फण्डको सर्वाधिक ५.७३ प्रतिशतले घटेको छ । युनाइटेड इदिमर्दी ३.९१ प्रतिशत, साल्ट ट्रेडिङ्ग ३.७४ प्रतिशत, गुराँस लघुवित्त ३.४८ प्रतिशत, र मैलुङ्ग खोला जलविद्युत कम्पनी ३.४८ प्रतिशतले घटेको छ ।
दुई घण्टा अवधिमा नेपाल लाइफको सर्वाधिक ६ करोड ६५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । लाइफ इन्स्योरेन्स कर्पोरेसन ६ करोड १८ लाख, अपि पावर ५ करोड ४५ लाख र हिमालयन डिष्टिलरीको ५ करोड बढीको सेयर कारोबार भएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया