नेको इन्स्योरेन्स र सपोर्ट लघुवित्तको बोनस सेयर सूचीकृत

0
Shares

नेको इन्स्योरेन्स र सपोर्ट लघुवित्तको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मंगलबार सूचीकृत भएको छ ।  नेप्सेका अनुसार दुई कम्पनीका पौने २४ लाख ८० हजार ४५० दशमलव ६१ कित्ता सूचीकृत भएको हो ।

जसमा नेको इन्स्योरेन्सको २२ लाख ८२ हजार ४५० दशमलव ६१ कित्ता र सपोर्ट लघुवित्तको १ लाख ९८ हजार कित्ता बोनस सेयर रहेको छ। गत आर्थिक वर्ष २०७७।७८ बाट दुबै कम्पनीले सेयरधनीहरुलाई उक्त बोनस प्रस्ताव गरी साधारण सभाबाट अनुमोदन गराएका थिए ।

गत आर्थिक वर्षबाट नेकोले चुक्ता पूँजीको १५ प्रतिशत र सपोर्ट लघुवित्तले चुक्ता पूँजीको ३० प्रतिशत बोनस सेयर वितरण गरेका थिए । साे बाेनस साधरण सभाका लागि बुकक्लाेजकाे अघिल्लाे काराेबार दिनसम्म कायम सेयरधनीले मात्र पाउनेछन् ।

थप समाचारहरूः

नेको इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

नेको इन्स्योरेन्सको २६ औं वार्षिक साधारण सभा आह्वान

सपोर्ट लघुवित्तको साधारण सभा पुस १० गते

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १८ जेठ २०७९, बुधबार  ०९ : १५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।