अनसरनरत कोइरालालाई भेट्न खुमलटार पुगे बालेन


काठमाण्डौं महानगरका मेयर बानेन्द्र शाहले सेयर बजार सुधारका लागि आमरण अनसनमा बसेका तिलक कोइरालालाई भेटेका छन् ।

सेयर लगानीकर्ताले चर्काए आन्दोलन

पुँजी बजार सुधारको माग गर्दै विगत ८ दिनदेखि कोइराला आमरण अनसनमा छन् ।

पुँजी बजार सुधार संघर्ष समितिका संयोजक कोइरालाई भेट्न बुधबार बालेन्द्र शाह खुमलटारस्थित धितोपत्र बोर्ड परिसरमा पुगेका हुन् ।

अनसनस्थलमा पुगेका शाहले लगानीकर्ताले बजारका सम्बन्धमा राखेका समस्याका बारेमा जानकारी लिएका छन् । उनले अहिले लगानीकर्ताका धारणा सुनिरहेका छन् ।

 

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।