सर्वोत्तम सिमेन्ट लिमिटेड र रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले प्रिमियम मूल्यमा प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री अनुमति माग गरेका छन् ।
बुक बिल्डिङ विधिबाट साधारण सेयर (आईपीओ) निष्कासन गर्न लागेका दुबै कम्पनीहरुले पहिलो चरणमा योग्य संस्थागत लगानीकर्ताहरूलाई सेयर बिक्रीको अनुमति मागेका हुन् ।
कुल निष्काशनको ४० प्रतिशत आईपीओ निष्कासन गर्न सर्वोत्तमले असार २८ गते मंगलबार तथा रिलायन्सले ३१ गते शुक्रबार नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) सँग अनुमति माग गरेको बोर्डले जनाएको छ ।
सर्वोत्तम सिमेन्ट लिमिटेडले प्रथम चरणमा प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँ दरको २४ लाख कित्ताका दरले हुन आउने २४ करोड रूपैयाँ मूल्यको आईपीओ निष्कासन गर्नेछ । उता रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले पनि प्रथम चरणमा प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँ दरको ७ लाख ७० हजार ६ सय ४० कित्ताले हुन आउने ७ करोड ७० लाख ६४ हजार रूपैयाँ बराबरको आईपीओ निष्कासन गनेछ ।
बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्दा सर्वसाधारणमा निष्कासन गरिने सेयरको ४० प्रतिशत योग्य संस्थागत लगानीकर्तालाई छुट्याउनु पर्ने प्रावधान रहेको छ ।
दुबै कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया