मौद्रिक नीति कसिलो आउनेमा एडीबी पनि विश्वस्त

0
Shares

एसियन डेभलमेन्ट बैंक (एडीबी) ले चालु आर्थिक वर्षको मौद्रिक नीति कसिलो हुनुपर्ने सुझाएको छ । विश्व अर्थतन्त्रमा देखिएको उतारचढाव र नेपाली अर्थतन्त्रमा देखिएको बाह्य क्षेत्रको दबाबका कारण कसिलो मौद्रिक नीति आउने एडीबीको अनुमान हो ।

तर, एडीबीले कसिलो मौद्रिक नीतिले आर्थिक जोखिम निम्त्याउने समेत जनाएको छ । रुस र युक्रेनको द्धन्द्धका कारण विश्व अर्थतन्त्रमा देखिएको असर नेपाली अर्थतन्त्रमा पनि परेको छ । त्यसले गर्दा पनि कसिलो मौद्रिक नीति र विश्व भुराजनीतिको प्रभावले आर्थिक जोखिम निम्त्याउन सक्ने एडीबीले जनाएको छ ।

केन्द्रीय तथ्याङक विभागले गत आर्थिक वर्षमा आर्थिक वृद्धि ५.८ प्रतिशतमा सीमित हुने अनुमान गरेको छ । सोही आर्थिक वृद्धिको आधारलाई एडीबीले कोरोना विरुद्धको खोपको विस्तारका कारण अर्थतन्त्रले गति लिएको जनाएको छ । तर, एसियाली विकास बैंकले भने आर्थिक वृद्धि ३.९ प्रतिशत हुने प्रक्षेपण गरेको थियो ।

गत आर्थिक वर्षमा सरकारले भने ७ प्रतिशतको आर्थिक वृद्धि हासील गर्ने लक्ष्य राखेको थियो । तर, कोरोनाको दोस्रो लहरका कारण लक्ष्य अनुसार आर्थिक वृद्धि हासील बाधा पुगेको तर्क गरिएको छ । कोरोनाका कारण आर्थिक गतिविधिमा देखिएको अवरोधले सरकारले राखेको आर्थिक वृद्धिको लक्ष्य हासिल हुन नसक्ने तर्क केन्द्रिय तथ्याङक विभगले औल्याएको छ । तर, जलविद्युत उतपादनमा आएको वृद्धिका कारण ५.८४ को आर्थिक वृद्धि हासिल गर्न सकिने तर्क विभागको रहेको छ।

विकास बैंकले भने कोरोनाको देस्रो लहरका कारण धेरै समय आर्थिक गतिविधिमा असर नगरेको तथा खोपको पहुँच विस्तार भएका कारण उक्त विन्दु आर्थिक वृद्धि हुने जनाएको छ । कोरोनाको खोपको उपलब्धता र प्रयोग बढेसंगै आर्थिक गतिविध बढाउने खालका नीतिगत व्यवस्थाका कारण पनि ५.८४ को आर्थिक वृद्धि हुनेमा एडीबी पनि सहमत भएको देखिन्छ ।

चालु आर्थिक वर्षका लागि पनि एडीबीले समान्य मनसुन र कृषिका लागि आवश्यक सामाग्रीको सहज उपलब्धमता हुने अपेक्षा गरेको छ । त्यसैगरी प्रदेश तथा संघको निर्वाचन समेत सौहार्दपुर्ण बातावरणमा हुने अपेक्षा समेत एडीबीले गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।