सनराइज फस्ट म्युचुअल फण्डले असोज ५ गते बिहीबारदेखि प्रतिफल (नगद लाभांश) वितरण थालेको छ ।
फण्डले बुकक्लोज मितिभन्दा अघिल्लो दिनसम्म नेप्सेमा इकाईधनी कायम रहेका लगानीकर्ताको बैंक खातामा नै कर सहित १२ प्रतिशत लाभांश वितरण थालेको हो । जसमा लगानीकर्ताले कर कट्टीपछि प्राप्त हुने रकम प्राप्त गर्न सक्नेछन् ।
सनराइज म्युचुअल फण्डले गत आव २०७८।७९ को सञ्चत नाफाबाट इकाईधनीलाई कर सहित १२ प्रतिशत प्रतिफल (नगद लाभांश) वितरण गरेको हो । कुल ८६ करोड आकारमा सञ्चालित फण्डले इकाईधनीहरुलाई कर सहित कुल १० करोड ३२ लाख रुपैयाँ बराबर लाभांश वितरण गर्नेछ ।
अघिल्लो आवमा ५० प्रतिशत प्रतिफल बाँडेको उक्त फण्डले गत वर्षको कमाइबाट १२ प्रतिशत मात्र लाभांश वितरण गरेको हो ।
म्युचुअल इकाई धितो राखेर कर्जा लिएका इकाईधनीले भने बैंक तथा वित्तीय संस्थाको फुकुवापत्र (नो अब्जेक्सन लेटर) स्वीकृति पत्र बुझाएपछि मात्रै प्रतिफल पाउनेछन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया