काठमाडौँ । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको आधारमा एक बराबर एक (१ः१) अनुपातमा ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गरेको छ । यस प्रयोजनका लागि कम्पनीले जेठ २ गते बुक क्लोज गरिसकेको छ। तसर्थ, जेठ १ गतेसम्म कायम शेयरधनीहरुले यस हकप्रदमा आवेदन दिन सक्नेछन्।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडले रहेको छ। लगानीकर्ताहरुले क्यापिटलसँगै ग्लोबल आइएमई बैंकका बेसीशहर, सुन्दरबजार–६ मिलनचोक, भोर्लेटार–८ बसपार्क, सिउँडीबार सुन्दरबजार–९, उदिपुर र दोर्दी शाखा कार्यालयमार्फत पनि आवेदन दिन सक्नेछन्।
त्यसैगरी, सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू तथा तिनका तोकिएका शाखाहरू, साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको ‘मेरो शेयर’ प्रणाली प्रयोग गरी अनलाइनमार्फत समेत आवेदन दिन सकिनेछ।












प्रतिक्रिया