हिम स्टार उर्जाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


काठमाडौँ। हिम स्टार ऊर्जा कम्पनीले असार २४ गतेदेखि बिक्री गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री गरेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका आइपीओ जारी गरेको हो।

कम्पनीले जारी पुँजी ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशतले हुन आउने ११ करोड १९ लाख रुपैयाँबराबरको आइपीओ जारी गर्ने अनुमति पाएको छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ दरका कुल ११ लाख १९ हजार कित्ता शेयर निष्कासन गरेको हो।

कम्पनीले जारी पुँजीको १० प्रतिशतले हुन आउने १ लाख ८६ हजार ५०० कित्ता शेयर आयोजना प्रभावित बासिन्दाका लागि र सर्वसाधारणलाई छुट्याइएको कुल कित्ताको १० प्रतिशतले हुन आउने ९३ हजार २५० कित्ता शेयर विदेशमा रोजगारमा रहेका नेपालीका लागि बिक्री खुला गरिसकेको छ।

कम्पनीले अब २ प्रतिशतले हुन आउने १८ हजार ६५० कित्ता शेयर कर्मचारी र ५ प्रतिशतले हुन आउने ४६ हजार ६२५ कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरी बाँकी रहेको ७ लाख ७३ हजार ९७५ कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला गर्दैछ।

प्रकाशित मिति: २७ असार २०८२, शुक्रबार  ११ : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।