बाराही हाइड्रोपावरको आईपीओमा १.१० अर्बको आवेदन, २१.३८ गुणा माग

0
Shares

बाराही हाइड्रोपावर कम्पनीको प्रारम्भिक सर्वाजनिक निष्कासन (आईपीओ) मा मंसिर २५ गते साँझ ४ बजेसम्ममा १ अर्ब १० करोड १६ लाख २७ हजार रुपैयाँको आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार मंसिर २५ गते आइतबार साँझ ४ बजेसम्ममा ९ लाख ५६ हजार ६४१ जना आवेदकबाट १ करोड १० लाख १६ हजार २७० कित्ताका लागि आवेदन परेको हो । जुन सर्वसाधारणबाट माग भएको सेयर संख्याको २१.३८ गुणा बढी हो ।

कम्पनीले मंसिर २१ गतेदेखि ५ करोड ५४ लाख रुपैयाँ बराबरको ५ लाख ५४ हजार कित्ता आईपीओ जारी गरेको हो । जसमध्ये २७ हजार कित्ता सामूहिक लगानी कोष र ११ हजार ८० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ५ लाख १५ हजार २२० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

भोलिसम्म भर्न सकिने

बाराही हाइड्रोपावर कम्पनीको आईपीओमा मंसिर २६ गते सोमबार कार्यालय समयसम्म मात्र आवेदन दिन सकिन्छ ।

लगानीकर्ताले मेरो सेयरको मोबाइल एप, मेरो सेयरको वेवसाइट तथा नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर मार्फत आईपीओमा आवेदन गर्न सक्नेछन् । सेयरमा न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिन्छ ।

रेटिङ इक्रा नेपालले बाराहीको आइपीओलाई ‘इक्रएनपी आइआर डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ । यसले दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ । इक्रा नेपालले २०७८ फागुन १३ मा रेटिङ दिएको थियो । यो रेटिङ आगामी २०७९ फागुन १२ गतेसम्म बाहल रहनेछ ।

कम्पनीको धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ मंसिर २०७९, आइतबार  १८ : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।