गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सहकारीमा थुप्रिएको अर्बौं रुपैयाँलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने बताएका छन् ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैंडाकोटमा आज भूतपूर्व सैनिक जनकल्याणकारी संस्थाको नवनिर्मित भवनको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले देशका सहकारीले ऋण लगाएर ब्याज मात्रै खाने परिपार्टीको अन्त्य गर्नुपर्ने बताए ।
“हाम्रो देशका विभिन्न सहकारीहरूले अर्बौं रुपैयाँ पैसा थुपारेका छन्”, मुख्यमन्त्री पोखरेलले भने, “तर हामीले विदेशीसँग सहयोगको याचना गर्नुपर्ने अवस्था आएको छ, अब सहकारी संस्थाहरूले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने समय भएको छ ।”
उनले युद्धको प्रत्येक मोर्चामा आफ्नो बहादुरी प्रदर्शन गरेर विश्वमा नै नेपाललाई चिनाउने काम गरेकाप्रति सर्हाना गर्दै मुख्यमन्त्री पोखरेलले भूपू सैनिकलाई धन्यवाद व्यक्त गरे । सैनिकको ज्ञान, सीप र उनीहरूको अनुभवलाई प्रयोग गरेर सरकारले नयाँ नेपाल निर्माणमा जुट्ने मुख्यमन्त्री पोखरेलको भनाइ थियो ।
देशका हरेक आन्दोलन तथा परिवर्तनमा भूतपूर्व सैनिकको महत्वपूर्ण भूमिका रहेको मुख्यमन्त्री पोखरेलले बताए । देशमा सूचना र प्रविधि तथा आधुनिकीकरण भित्र्याउन भूतपूर्व सैनिकको ठूलो देन रहेको पोखरेलको भनाइ छ । कार्यक्रममा भूपू सैनिक संस्थाको भवन निर्माण गर्न चन्दा प्रदान गर्ने ३३९ जना चन्दादातालाई मुख्यमन्त्री पोखरेल सहितका व्यक्तिहरूले सम्मान गरेका थिए ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया