आइतबार सिद्धार्थ बैंक सहित विभिन्न चार कम्पनीको सेयर मूल्य समायोजन भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार पुस १८ गते आइतबार सिद्धार्थ बैंक, आरएमडीसी लघुवित्त, आँधिखोला लघुवित्त, सेन्ट्रल फाइनान्स लिमिटेडको सेयर मूल्य समायोजन भएको हो ।
चारवटै कम्पनीले आइतबार साधारण सभा र लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले बोनस समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेका अनुसार सिद्धार्थ बैंक लिमिटेडको १४.२५ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ४०६.१३ रूपैयाँ मूल्य तोकिएको छ । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको २० प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ११४३.३३ रूपैयाँ, आँधिखोलाको १९ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ३९०.७६ रूपैयाँ र सेन्ट्रल फाइनान्स लिमिटेडको ७.७० प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ३८२.०८ रूपैयाँ तोकिएको छ ।
अघिल्लो कारोबार दिन बुधबारको अन्तिम कारोबार मूल्यलाई आधार मानेर बोनस समायोजन गरी नयाँ मूल्य तोकिएको हो । बुधबारको सिद्धार्थ बैंकको प्रतिकित्ता अन्तिम कारोबार मूल्य ४६४ रूपैयाँ, आरएमडीसी लघुवित्त १३७२ रूपैयाँ, आँधिखोलाको ४६५ रूपैयाँ र सेन्ट्रल फाइनान्सको ४११.५० रूपैयाँमा कारोबार भएको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया