
सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडकोे पुस १९ गते सोमबार (भोली) ११ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले बिहान ११ बजे पुतलीसडकस्थित शेयर मार्केट्स कमर्सियल कम्प्लेक्सको चौथो तलामा सभा बोलाएको छ ।
सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आव २०७७।७८ को मुनाफाबाट ४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
यस्तै सभाले आव २०७७।७८ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्न लेखापरिक्षक नियुक्ती र पारिश्रमिक निर्धारण लगायतका प्रस्तावहरु वपनि पारित गर्नेछ ।
सिडिएस एण्ड क्लियरिङ्ग नेपाल स्टक एक्सचेञ्ल (नेप्से) को शतप्रतिशत लगानी रहेको सहायक कम्पनी हो ।
धितोपत्रको केन्द्रीय निक्षेप सेवा नियमावली, २०६७ को व्यवस्था अनुसार केन्द्रीय निक्षेप र राफसाफ तथा पछ्र्यौट सेवा सञ्चालनका लागि नेपाल स्टक एक्सचेन्ज लिमिटेडको पूर्ण स्वामित्वमा अर्थात सहायक कम्पनीको रुपमा रहने गरी वि.सं २०६७ सालमा स्थापित केन्द्रीय निक्षेपका साथै राफसाफ तथा पछ्र्यौट सेवा प्रदान गर्ने कम्पनी हो । सिडिएससि नेपालको एक मात्र धितोपत्र निक्षेप कम्पनी हो ।
सिडिएससिले धितोपत्रहरुको निक्षेप, भुक्तानी र हस्तान्तरण गर्ने, प्राथमिक बजारमा निष्काशन गरिने धितोपत्रहरु हितग्राहीको खातामा प्रत्यक्ष रुमा अभौतिकरण गरी जम्मा गर्ने, हितग्राहीका धितोपत्रहरुलाई विद्युतीय रुपमा सुरक्षित साथ राख्ने र पुस्तकीय प्रविष्टिको आधारमा सम्बन्धित हितग्राही खातामा डेविट तथा क्रेडिट गरी हिसाब खाता तयार गर्न सहजता प्रदान गर्ने , निष्काशनकर्ता हरुलाई प्राथमिक निष्काशन र संस्थागत गतिविधि तथा लाभहरुको छिटो छरितो वितरण गर्ने, हितग्राहीहरुलाई धितोपत्रको धितो बन्धकी राख्न तथा बन्धकी रोक्का फुकुवाको सेवा प्रदान गर्ने, निष्काशनकर्ताहरुको धितोपत्रको हिसाब मिलान सेवा प्रदान गर्ने र अद्यावधिक विवरण उपलब्ध गराउने जस्ता सेवाहरु प्रदान गर्ने गर्दछ ।












प्रतिक्रिया