सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (पुस १९ गते) साधारण सभा मार्फत प्रस्तावित लाभांश पारित गर्दैछन् ।
सूर्या लाइफले बिहान ११ बजे होटल ह्यारिसन प्यालेस बजरंगबली मार्ग, विराटनगरमा १३ औं र मनकामना स्मार्टले होटल पौवा रुपन्देहीमा दिउँसो २ बजे चौथो वार्षिक साधारण सभा बोलाएको छ ।
सुर्या लाइफको सभाले आव २०७६।७७ को मुनाफाबाट प्रस्तावित १२.७० प्रतिशत बोनस र ०.६६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । उता मनकामना स्मार्टको सभाले आव २०७७।७८ को मुनाफाबाट १७ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
सूर्या लाइफको लाभांश पुस ८ गतेसम्म र मनकामना स्मार्टको पुस १ गतेसम्म कायम सेयरधनीले मात्र साधारण सभा भाग लिन र लाभांश पाउनेछन् ।
यसका अलवा दुबै कम्पनीको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु पारित गर्ने एजेण्डा सभामा रहेका छन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया