सुनचाँदीको मूल्य नेपाली बजारमा सोमबार घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुन तोलामा ३०० रुपैयाँ र चाँदी ५ रुपैयाँले घटेको हो ।
महासंघका अनुसार सोमबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार १०० रुपैयाँ, तेजावी सुनको मूल्य ९२ हजार ६०० रुपैयाँ र चाँदी तोलाको १ हजार २६५ रुपैयाँ कायम गरिएको छ ।
आइतबार छापावाला सुन तोलाको ९३ हजार ४०० रुपैयाँ, तेजामवी सुन ९२ हजार ९०० रुपैयाँ र चाँदी प्रतितोला १ हजार २६५ रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार घटेको सुनको मूल्य आइतबार तोलामा ७०० रुपैयाँले बढेर कारोबार भएको थियो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतार चढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ८२४ डलर आसपासमा कारोबार भइरहेको छ । यस्तै चाँदी प्रतिऔँस २३.१४ डलर आसपासमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया