मेगा बैंकको १ लाख बढी संस्थापक सेयर बिक्रीमा

0
Shares

मेगा बैंक (MEGA) ले १ लाख २१ हजार ४५९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

बैंकले संस्थापक सेयरधनी मन्दीरा शाहको नाममा रहेको ९५ हजार ८१९ कित्ता, रविन ढकालको नाममा रहेको १२ हजार ८२० कित्ता र याला एडभेन्चर प्रालीको नाममा रहेको १२ हजार ८२० कित्ता सेयर बिक्री गर्न लागेको हो ।

बिक्रीमा ल्याइएको संस्थापक सेयर खरीका लागि मेगा बैंकका संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय राईजिङ्ग मल, कमलादी, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेमा भने अन्य सर्वसाधारण व्यक्ति तथा संस्थाहरुमा ती सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ । बैंकले यसमा बिक्री गर्ने मूल्य भने खुलाएको छैन ।

कुमारी बैंकको ७ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

कुमारी बैंक लिमिटेडले पनि ७ हजार १०३ कित्ता संस्थापक सेयर सोमवारदेखि लिलामीमा ल्याएको छ । बैंकले सेयरधनी रिता श्रेष्ठको नाममा रहेको उक्त सेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न सक्ने गरी लिलामीमा ल्याएको हो ।

इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय, टंगाल, काठमाडौं र शेयर रजिष्ट्रार कुमारी क्यापिटलको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा निवेदन पेश गर्नसक्ने सूचनामा उल्लेख छ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुमा वितरण हुने नसेकेमा यो सेयर अन्य सर्वसाधारण व्यक्ति तथा संस्थाहरुमा बिक्री गरिने जानकारी बैंकले दिएको छ । कुमारी  बैंकले पनि बिक्री गर्ने मूल्य भने खुलाएको छैन । यसअनुसार प्रतिकित्ता १०० रूपैयाँ वा साे भन्दा बढी ताेकर निवेदन दिन सकिनेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १९ पुस २०७८, सोमबार  ११ : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।