बुक बिल्डिङ विधिमार्फत पहिलो पटक सर्वसाधारणमा प्रिमियम मूल्य सेयर जारी गर्न लागेको सर्वोत्तम सिमेन्टले यसअघिको प्रकृया बीचमा नै अवरुद्ध बनेपछि पुनः प्रकृया अगाडि बढाउने भएको छ ।
कम्पनीले माघ ११ गते आह्वान गरेको तेस्रो वार्षिक साधारण सभामा विशेष प्रस्तावरुको रुपमा धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन बुक बिल्डिङ्ग विधिबाट निष्काशन गर्ने रहेको छ ।
यसअघि नियामक निकाय धितोपत्र बोर्ड र नेप्सेका प्रमुख कार्यकारी अधिकृतलाई आईपीओ अघिनै संस्थापक सेयर बिक्री गरेपछि बुक बिल्डिङ विधिमार्फत सेयर विवादित बनेको थियो ।
बुक बिल्डिङमा सर्वोत्तमले ल्याउन खोजेको ६० लाख कित्ता आईपीओ निष्कासनअघि सेयर खरीदमा जोडिएर विवादमा परेपछि नेप्सेका सीईओ चन्द्र सिंह साउदले आफैँ पदबाट राजीनामा दिएका थिए भने बोर्ड अध्यक्ष भिष्मराज ढुङ्गानालाई मन्त्रिपरिषद् बैठकले बर्खास्त गरेको थियो ।
पहिलो प्रकृया असफल भएपछि सवोत्तमले साधारण सभाबाट पारित गराएर फेरि सेयर जारी गर्ने प्रकृया अगाडि बढाउन लागेको हो ।
सभामा बुक बिल्डिङबाट आईपीओ जारी गर्ने अलवा १५ करोड १ लाख रुपैयाँ बराबररमा धादिङ रोराङ कान्द्रांगगढीमा खानी तथा भुगर्भ विभागबाट चुनढुङ्गा खानी खरिद वापतको निर्णय अनुमोदन गर्ने, आव २०७७।७८ को वार्षिक प्रतिवेदन पारित गर्ने तथा लेखापरिक्षक नियुक्ती र पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु पारित गर्ने प्रस्तावहरु रहेका छन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया