प्रुडेन्सियल इन्स्योरेन्सको सीईओमा रावल

0
Shares

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी (PICL) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा श्रवण रावल नियुक्त भएका छन् ।

कम्पनी सञ्चालक समितिको पुस २० गते सम्पन्न २२३ औं बैठकले कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रावललाई आजमै मितिदेखि लागू हुनेगरी चार वर्षको लागि सीईओमा नियुक्ती गरेको कम्पनी सचिव आनन्दबाबु खड्काले जानकारी दिए ।

श्रवण रावललाई इन्स्योरेन्स कम्पनीको सीईओ नियुक्ती गर्न सञ्चालक समितिले मागेको निवेदनमाथि पुस पहिलो साता बीमा समितिले स्वीकृती दिएको थियो । समितिले अन्तिम स्वीकृति दिएसँगै रावलाई पुस २० गतेदेखि लागू हुनेगरी चार बर्षअवधिका लागि नियुक्त गरिएको हो ।

प्रमुख कार्यकारी अधिकृत विर कृष्ण महर्जनको राजीनामा पछि प्रुडेन्सियल इन्स्यो।रेन्सको पद रिक्त थियो । उक्त पद रिक्त भएपछि रावललाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृत तोकिएको थियो ।

सगरमाथा इन्स्योरेन्समा कार्यरत रावल केहि समय अगाडि सो इन्स्योरेन्स छाडेर प्रुडेन्सियलमा सीइओ बन्ने उदेश्यका साथ वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा भित्रिएका थिए ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० पुस २०७८, मंगलबार  १८ : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।