श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी र गुहेश्वरी मर्चेण्टको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
दुबै कम्पनीले पुस २२ गते बिहीबार साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गर्ने भएकाले बुकक्लोजको अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेयर कारोबार भई कायम सेयरधनीले मात्र लाभांश पाउनेछन् ।
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले ७.७० प्रतिशत बोनस सेयर र ३.३० प्रतिशत नगद गरी ११ प्रतिशत र गुहेश्वरी मर्चेण्टले चुक्ता पूँजीको १० प्रतिशतका दरलेको बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
मंगलबार श्री इन्भेष्टमेन्टको सेयर धितोपत्रको दोस्रो बजारमा प्रतिकित्ता ४८२.९० रुपैयाँ र गुहेश्वरी मर्चेण्टको ४९४ रुपैयाँमा अन्तिम पटक कारोबार भएको थियो ।
लाभांश पारित गर्न श्री इन्भेष्टमेन्ट पुस २९ गते बिहान ११ बजे कम्पनीको रजिष्टर्ड कार्यालय डिल्लीबजार काठमाडौंमा २७ औं वार्षिक साधारण सभा बोलाएको छ ।यस्तै गुहेश्वरी मर्चेन्टले पनि पुस २९ गते गुहेश्वरी भवन हरिहर भवन ललितपुरमा बिहान ११ बजे २० औं वार्षिक साधारण सभा बोलाएको छ ।
दुबै फाइनान्सले अन्य उपयुक्त वित्तीय संस्थाहरुसँग मर्जर तथा प्राप्ती सम्बन्धि कार्य गर्न र फाइनान्सको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्ने एजेण्डा सभामा राखेका छन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया