मोरंग व्यापार संघको कार्यकारिणी समिति सदस्यहरु निर्विरोध निर्वाचित

0
Shares

मोरंग व्यापार संघको ३३ औं कार्यकारिणी समिति सदस्य पदमा १६ जना सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचन आयोग, मोरंग व्यापार संघले जनाए अनुसार पुस २० गते मंगलबार भएको निर्वाचन कार्यक्रममा संघको ३३ औं कार्यकारिणी समितिको सदस्य पदका लागि निर्विरोध निर्वाचित भएका हुन् ।

संघको विधान, नियमावली अनुसारको वाणिज्यतर्फ ८ जना र उद्योगतर्फ ८ जना सदस्यहरुको मात्र उम्मेदवारी दर्ता भएको र उम्मेदवारहरुको नामावली उपर कुनै दावी विरोध नपरेको, कसैले उम्मेदवारी फिर्ता नलिएकाले सोही उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका हुन् ।

निर्वाचनमा वाणिज्य तर्फका उम्मेदवारहरु देवाशिष गोल्छा, मनिष मारु, श्याम राठी, संजय श्रेष्ठ, अनिल कुमार साह, विनित सिंघानियां, सुशिल सुराना र राजेश अग्रवाल निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै उद्योग तर्फ नवीन रिजाल, आशिष जाजु, दिपेश सुवेदी, अमित सारडा, अनुपम राठी, विकास कुमार बेगवानी, पवन राठी र अनिल सारडा निर्विरोध निर्वाचित भएको मोरंग ब्यापार संघले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ पुस २०७८, बुधबार  ११ : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।