सानिमा बैंक र कामना सेवा विकास बैंकको २ करोड १३ लाख ६४ हजार ७१५ कित्ता बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
स्टकका अनुसार सानिमा बैंकको १७ प्रतिशतले हुन आउने १ करोड ६४ लाख ५८ हजार ५८२ दशमलव ४४ कित्ता र कामना सेवा विकास बैंकको १८.५० प्रतिशतले हुन आउने ४९ लाख ६ हजार १३२ दशमलव ९०३४ कित्ता बोनस सेयर बुधबार सूचीकृत भएको हो ।
बुधबार सूचीकृत भएको बोनस सेयर सम्बन्धीत कम्पनीको साधारण सभाका लागि बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म कायम सेयरधनीले मात्र पाउनेछन् ।
बुधबार सूचीकृत भएको उक्त बोनस सेयर लगानीकर्ताले हितग्राही खातामा आएपछि धितोपत्रको दोस्रो बजारमा खरिद बिक्री गर्न सक्नेछन् ।
कार्तिक १४ गते सम्पन्न १७ औं वार्षिक साधारण सभाले चुक्ता पूँजीको १७ प्रतिशत बोनस शेयर र ०.८९४७ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको थियो ।साधारण सभाका लागि बैंकले कार्तिक ७ गते आइतबार बुकक्लोज गरेकाले ४ गते बिहीबारसम्म कायम सेयरधनीले मात्र पाउनेछन् ।
कामना सेवाको कात्तिक २३ गते सम्पन्न १५ औं वार्षिक साधारण सभाले चुक्ता पूँजीको १८.५० प्रतिशत बोनस सेयर र ०.९७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । बैंकको कात्तिक १० गते बुकक्लोज गरेकाले ९ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउनेछन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया