छ्याङदी हाइड्रोपावर (CHL) को ९ करोड रुपैयाँ बराबरको हकप्रद सेयर माघ ११ गतेदेखि निष्काशन खुला हुने भएको छ ।
पूँजी वृद्धिका लागि कम्पनीले हाल कायम १० बराबर ३ कित्ता सेयरको अनुपातमा ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँ बराबरको एक सय रुपैयाँ अंकित दरका ८ लाख ९३ हजार २५ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।
चुक्ता पूँजीको ३० प्रतिशतका दरले जारी हुुने उक्त हकप्रद सेयरमा पुस २० गते मंगलबारसम्म सेयर कारोबार भई कायम रहने सेयरधनीले मात्र उक्त हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् । हकप्रद जारी गर्न कम्पनीले पुस २१ गते बुधबार सेयर दाखिल खारेजी (बुकक्लोज) गरेको थियो ।
कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
हकप्रदमा मेरोशेयर सफ्टवेयर तथा वेवसाइट, धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरु मार्फत फागनु २ गतेसम्म आवेदन दिन पाउनेछन् । यसका अलवा ग्लोबल आइएमई क्यापिटल तथा ग्लोबल आइएमई बैंकको लमजुङ्गका विभिन्न शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी आईआर डबल बी रेटिङ्ग प्रदान गरेको छ । यो रेटिङ्ग प्राप्त संस्थाले वित्तीय दायित्व पुरा गर्न मध्यम जोखिममा रहेको संकेत गर्दछ ।
हाल २९ करोड ७६ लाख ७५ हजार रुपैयाँ रहेको यस कम्पनीको चुक्ता पूँजी हकप्रद निष्काशनपछि ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ पुग्नेछ ।
यस्तै, छ्याङदीले ३० प्रतिशत हकप्रद सेयर बिक्रीपछि कायम हुने पूँजीमा पुनः ४० प्रतिशत हकप्रद निष्कासन गर्ने घोषणा गरिसकेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया