कामना सेवाको १८.५०% बोनस हितग्राही खातामा जम्मा

0
Shares

कामना सेवा विकास बैंक लिमिटेड (KSBBL) को बोनस सेयर सेयरधनीको हितग्राही खातामा जम्मा भएको छ ।

बैंकको गत कात्तिक २३ गते सम्पन्न १५ औं साधारण सभाबाट पारित १८.५० प्रतिशत बोनस सेयर बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म कायम रहेका सेयरधनीको हितग्राही खातामा जम्मा गरिएको हो ।

बैंकका अनुसार कात्तिक ९ गतेसम्म सेयर अभौतिकीकरण (डिम्याट) गराएका सेयरधनीको हितग्राही खातामा उक्त बोनस सेयर जम्मा गरिको हो । यस्तै सो मितिपछि सेयर अभौतिकीकरण गराएका सेयरधनीको बोनस क्रमशः सम्बन्धित सेयरधनीको हितग्राही खातामा नै जम्मा गरिने बैंकले जनाएको छ ।

हालसम्म कागजी सेयर धारण गरेका सेयरधनीहरुलाई आफुसँग भएको सेयर अभौतिकीकरण गराउन समेत बैंकले अनुरोध गरेको छ ।

यस्तै सेयर धितोमा बन्धक राखी कर्जा लिएका सेयरधनीहरुको बोनस कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुको नाममा नै रोक्का जनाइ सेयरधनीको डिम्याट खातामा जम्मा हुने हुँदा कर्जा राफसाफ भइसकेको भए सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी फुकुवा गर्न आग्रह गरेको छ ।

बैंकको बोनस सेयर बुधबार नेप्सेमा सूचीकृत भएको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ पुस २०७८, शुक्रबार  ११ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।