नेपाल सहकारी पत्रकार समाजको अध्यक्षमा श्रेष्ठ

0
Shares

नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को अध्यक्षमा पत्रकार काजी श्रेष्ठ चयन भएका छन् ।

समाजको आज सम्पन्न ११औं साधारण सभाले सहकारी खबर अनलाइनका सम्पादक समेत रहेका श्रेष्ठको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

समाजको उपाध्यक्षमा अन्नपूर्ण पोष्ट दैनिकका तुलसीराम सुवेदी, सचिवमा सहकारी सञ्चारका अर्जुन खतिवडा, सहसचिवमा गोरखापत्र दैनिकका भेषराज वेलवासे र कोषाध्यक्षमा रातोपाटी डटकमका प्रयास श्रेष्ठलाई चयन गरिएको छ ।

यसैगरी, सदस्यहरुमा विकास न्युज डटकमका सन्तोष रोकाय र मेरो लगानी डटकमकी सुधा देवकोटालाई चयन गरिएको छ । बाँकी दुई सदस्य पदमा अध्यक्षले मनोनित गर्ने प्रावधान छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ पुस २०७८, शुक्रबार  १६ : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।