विश्वमै पहिलो पटक बीएमडब्लुले बनायो रङ परिवर्तन गर्न मिल्ने कार

0
Shares

जर्मन कार निर्माता कम्पनी बीएमडब्लुले विश्व मै पहिलो पटक रङ परिवर्तन गर्न मिल्ने कार बनाएको छ ।

अमेरिकाको लस भेगास भइरहेको कन्जुमर इलेक्ट्रोनिक्स सो मा बीएमडब्लुले रङ परिवर्तन गर्न मिल्ने कार सार्वजनिक गरेको हो ।

“बीएमडब्लु आइएक्स फ्लो” नाम गरेको उक्त कारमा अत्याधुनिक विद्युतीय मसी प्रविधिको प्रयोग गरिएको छ । इ–रिर्डसमा रहेको इ–मसीले कारलाई खैरो र सेतो रङमा फेर्ने छ । रङ परिवर्तन गर्ने मात्रै नभई खैरो र सेतो रङमा बाहिरी आवरण सम्म बदल्न मिल्ने छ । यो सबै प्रक्रिया फोन एप्लिकेसनबाट गर्न सकिने छ ।

अहिले मोबाइल एपबाट यो सुविधा प्रयोग गरिएता पनि निकट भविष्यमा कारको कुनै बटनबाट वा हातको इशाराबाट नै उक्त सुविधा विस्तार गर्न सकिने कुरा बीएमडब्लुकी इन्जिनियर स्टेला क्र्लेकले बताएकी छिन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ पुस २०७८, शुक्रबार  १७ : १२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।