नागरिक स्टक डिलरको डेढ अर्बको आईपीओ जारी गर्ने प्रस्ताव पारित

0
Shares

नागरिक स्टक डिलर कम्पनीको शुक्रबार सम्पन्न दोस्रो वार्षिक साधारण सभाले डेढ अर्न रुपैयाँ बराबरको प्रारम्भिक सर्वाजनिक निष्काशन (आईपीओ) जारी गर्ने प्रस्ताव पारित गरेको छ ।

कम्पनीको शुक्रबार काठमाडौंमा सम्पन्न सभाले सर्वसाधारणमा जारी पू्ँजीको ३० प्रतिशतले हुन आउने १ अर्ब ५० करोड बराबरको १ करोड ५० लाख कित्ता आईपीओ जारी गर्ने निर्णय गरेको हो । कुल जारी हुने सेयरमध्ये २ प्रतिशत कर्मचारीहरु तथा ५ प्रतिशत सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी १ करोड ३९ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणमा जारी हुनेछ ।

पाँच अर्ब चुक्ता पूँजी रहेको कम्पनीले ३८ खर्बभन्दा बढी पूँजीकरण रहेको धितोपत्र बजारलाई सन्तुलनमा राख्ने गरी कारोबार गर्न नसक्ने भएकाले आईपीओ निष्कासन गरी कम्पनीले पूँजी बढाउन लागेको हो ।

कम्पनीमा नागरिक लगानीकोषसँगै नेपाल पुनर्बीमा कम्पनी र नेपाल दूरसञ्चार कम्पनीको समेत शेयर स्वामित्व रहेको छ । पाँच अर्ब पूँजीमा नागरिक लगानी कोषको ५१ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको १० प्रतिशत र नेपाल दूरसञ्चार कम्पनीको ९ प्रतिशत शेयर स्वामित्व छ ।
स्टक डिलरले धितोपत्र व्यापारीको काम गर्ने गरी नेपाल धितोपत्र बोर्डको २०७७ माघ ९ गते फागुन १ देखि लागू हुने गरी अनुमति दिएको थियो ।

स्टक डिलर के हो  ?

सेयर बजारमा हुने अस्वाभाविक उतारचढाव न्यूनीकरण गरी स्थिरता ल्याउनका लागि स्टक डिलरको स्थापना गर्ने गरिन्छ । यस्ता कम्पनीले आफैं सेयर खरिद–बिक्री गर्न सक्छन् ।

दाेस्राे बजारमा ठूलो मात्रामा धितोपत्रहरुको खरिद/ बिक्री गरी धितोपत्रबजारमा हुने तरतलालाई नियन्त्रणमा राख्ने र धितोपत्र बजारमा सन्तुलन कायम राख्ने कार्य गर्दछ ।

स्टक डिलर कम्पनीहरुले दोस्रो बजारमा ठूलो मात्रामा धितोपत्रहरुको खरिद/ बिक्री गरी धितोपत्र बजारमा हुने तरतलालाई नियन्त्रणमा राख्ने र धितोपत्र बजारमा सन्तुलन कायम राख्ने कार्य गर्दछ । यी कम्पनीहरुलाई सेयर कारोबारका लागि ब्रोकर समक्ष समेच जानु पर्दैन । नियामक निकायले छुट्टै ‘लगइन’ आईडि दिएको हुन्छ । सोही लगइन मार्फत आफैँ आफ्नो लागि सेयर खरिद–बिक्री गर्न सक्छन्  । अरूको लगानीकर्ताको लागि सेयर भने खरिद/बिक्रीका लागि भने अनुमति हुँदैन । त्यसका लागि नियामक निकायबाट सेयर ब्रोकरको समेत छुट्टै लिएको हुनुपर्छ ।

यस्ता कम्पनीले हरेक दिन बजार खोल्नुअघि आफूले खरिद–बिक्री गर्ने कम्पनीको सूची सार्वजनिक गर्नुपर्ने प्रावधान रहेको हुन्छ । मूल्य सार्वजनिक गरिरहनु पर्दैन  । 

नेपालमा पूँजीबजारको औपचारिक रूपमा सुरुवात भएको २७ वर्षपछि स्टक डिलर सञ्चालनमा आएपनि धेरै राष्ट्रमा स्टक डिलर सञ्चालनमा छन्  ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २४ पुस २०७८, शनिबार  १४ : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।