सुपरमाई हाइड्रोपावरको रेटिङ अपग्रेडः १० लाख कित्ता आईपीओ पाइपलाइनमा

0
Shares

सुपरमाई हाइड्रोपावर लिमिटेडको निष्कासनकर्ता रेटिङ इक्रा एनपी आईआर डबल बी प्लसमा अपग्रेड भएको छ ।

क्रेडिट रेटिङ्ग एजेन्सी इक्रा नेपालले हाइड्रोपावरलाई विगतमा प्रदान गरेको निष्कासनकर्ता इक्रा एनपी आईआर त्रिपल बी माइनस रेटिङ अपग्रेड गरेको छ ।

इक्रा एनपी आईआर डबल बी प्लस रेटिङले समयमा दायित्य पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको देखाउँछ । यस्ता निकायहरुमा मध्यम क्रेडिट जोखिम रहेको इक्रा नेपालले जानकारी गराएको छ ।

कम्पनीले सर्वसाधारणमा १० लाख कित्ता आईपीओ निष्कासन गर्ने तयारीमा गरेको छ । जसका लागि कम्पनीले गत मंसिर २० गते नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन समेत दिइसकेको छ ।

बोर्डबाट स्वीकृति पाएपछि कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दाका लागि आईपीओ निष्कासन गर्नेछ भने त्यसपछि मात्र दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २४ पुस २०७८, शनिबार  १८ : २७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।