विराटनगर–जोगबनी नाका जोड्ने भारतको बथनाहा स्थित मीरगञ्ज पुल क्षतिग्रस्त हुँदा विराटनगर भन्सार कार्यालयबाट संकलन हुने दैनिक १५ करोड भन्दा बढिको राजस्व संकलन प्रभावित भएको छ ।
मोरङ्ग ब्यापार संघले क्षतिग्रस्त पुलका कारण मालवाहक सवारी साधनहरुको आवागमन ठप्प भएको सम्बन्धमा संघको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
पुल मार्फत हुने आवागमन ठप्प हुँदा नेपाल तथा मोरङ–सुनसरी आर्थिक कोरिडोरका लागि भित्रने खाद्यान्न, दैनिक उपभोग्य वस्तु, पेट्रोलियम पदार्थ, औषधीजन्य सहित कैयौं प्रकारका सामग्री बोकेका सवारी साधनहरु सम्बन्धित गन्तव्यमा पुग्न सकेका छैनन ।
यस्तै माल वस्तुहरुको सुरक्षा र गुणस्तर जोखिममा पर्दै गएको, लागत खर्च अनपेक्षित रुपले वृद्धि हुने भएको जनाएको छ । यहि अवस्था रहे निकट भविष्यमै औद्योगिकरव्यवसायिक प्रयोजनका मालसामानहरुको अभाव श्रृजना भई नेपालमा चौतर्फि रुपले प्रभाव पर्ने हुँदा सो को तत्कालै निराकरण गर्न भारत सहित तेश्रो मुलुकबाट नेपाल भित्रने मालवाहक सवारी साधनहरुका लागि हाल भारतको अररिया जिल्लाको अररिया – कुर्सा कांटा – जोगबनी मार्गलाई वैकल्पिक मार्गको रुपमा सञ्चालनमा ल्याउन समेत संघले माग गरेको छ ।
संघले जिर्ण अवस्थाको मिरगंज पुलको तत्कालै मर्मत थाल्न, सो पुलको समानान्तरमा अन्तिम चरणमा निर्माणाधिन नयाँ पुलको निर्माण कार्य यथाशिध्र सम्पन्न गराउन, तत्कालिक रुपले सो नयाँ पुलको एक लेन भएपनि सञ्चालनमा ल्याउन तथा भीमनगर–भन्टाबारी भन्सार नाका मार्फत समेत उक्त मालवाहक सवारी साधनहरु भित्र्याउन सकिने व्यवस्था गराउन नेपाल सहित भारतका सम्बन्धित निकायहरुमा जोडदार पहल संघले सरकारसँग माग गरेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया