नेशनल माइक्रोफाइनान्सले ४५% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

0
Shares

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था (NMFBS) को प्रस्तावित लाभांश सोमबारसम्म कायम सेयरधनीले मात्र पाउने भएका छन् ।

माघ ६ गते आह्वान गरिएको आठौं साधारण सभाका लागि लघुवित्तले साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस २७ गतेदेखि माघ ६ गतेसम्म बुकक्लोज गर्ने भएको छ ।

बुकक्लोजको आधारमा पुस २६ गतेसम्मका भई कायम सेयरधनीहरुले साधारण सभामा भाग लिनका साथै लाभांश प्राप्त गर्न सक्नेछन् ।

आइतबार लघुवित्तको सेयर प्रतिकित्ता ३ हजार ६२० रुपैयाँमा अन्तिम पटक कारोबार भएको छ ।

लघुवित्तले क्रिक रिसोर्ट, धादिङबेशी, धादिङमा बिहान ११ बजे सभा बोलाएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश गरी कुल ४५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

साथै, सभाले अन्य लघुवित्तसँग मर्जर अथवा एक्विजिशन सम्बन्धि सम्पूर्ण कार्य गर्न र लघुवित्तको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: २६ पुस २०७८, सोमबार  ०९ : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।