सुनको मूल्य तोलामा ३०० ले घट्यो, यस्तो छ बजार मूल्य

0
Shares

नेपाली बजारमा सोमबार सुनचाँदी दुबैको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुन तोलामा ३०० रुपैयाँ र चाँदी ५ रुपैयाँले घटेको हो ।
महासंघका अनुसार सोमबारका लागि छापावाला सुनको मूल्य तोलाको ९१ हजार ३०० रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ८०० रुपैयाँ कायम गरिएको छ ।

आइतबार छापावाला सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँ र तेजावी सुन ९१ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आइतबार प्रतितोला १ हजार २२५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार ५ रुपैयाँले घटेको छ । आजका लागि चाँदीको मूल्य तोलाको १ हजार २२० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतार चढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ७९२ डलर आसपासमा कारोबार भइरहेको छ । यस्तै चाँदी प्रतिऔँस २२.२६ डलर आसपासमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ पुस २०७८, सोमबार  ११ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।