बैंकिङ्ग प्रणालीमा तरलता सहज हुँदा धितोपत्र बजारमा सकारात्मक असर

0
Shares

चालु आर्थिक वर्ष सुरु भएपछि पहिलो पटक बैकिङ प्रणालीमा एक सातामै ५९ अर्ब रुपैयाँ भित्रिएर बैंकहरुको सीडी रेसियो ९० प्रतिशतको सीमाभन्दा तल झर्दा त्यसको सकारात्मक असर धितोपत्र बजारमा परेको छ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति कार्यान्वयनका लागि ल्याएको सेयरधितो कर्जाको सीमा रकम ४।१२ को असर पनि पछिल्लो समय निकै घटेको छ ।

नयााँ प्रवाह हुने कर्जामा उक्त ४/१२ को सीमा लागू भएपछि ऋण लिएर सेयर बजारमा लगानी गर्ने लगानीकर्ताले पनि उक्त सीमाभित्र ल्याइसकेका छन् ।

पुस महिनाको १६ गते देखि २३ गतेसम्म बैंकहरुमा ५९ अर्ब रुपैयाँ निक्षेप थपिएको हो । यो अवधिमा बैंकहरुले ९ अर्ब रुपैयाँ मात्र कर्जा लगानी गरेका छन् ।स्थानीय निकायको खातामा रहेको सरकारी रकमको ८० प्रतिशसम्म निक्षेप गणना गर्न पाउने व्यवस्थाले निक्षेप बढ्नमा मद्दत गरेको हो ।

यसले नेप्से बढ्ने क्रमले निरन्तरता पाएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्स) का नेप्से परिसूचक सोमबार १९.४३ अंकले बढेर २७८४.९५ बिन्दुमा पुगेको छ । ठूला कम्पनीहरुको सूचक मापक सेन्सेटिभ इन्डेक्स पनि ३.१६ अंकले बढेर ५२२.५३ बिन्दुमा पुगेको छ ।

नेप्सेमा दोेहोरो अंकको वृद्धिले निरन्तरता पाएसँगै कारोबार रकम पनि बढेको छ । यसदिन ७ अर्ब १२ करोड ३४ लाख २४ हजार ३५ रुपैयाँको सेयर खरीद बिक्री भएको छ । आज कूल २३६ वटा कम्पनीको १ करोड ४२ लाख ८८ हजार १ सय ३० कित्ता सेयर खरिद बिक्री भएको नेप्सेले जनाएको छ ।

आज कारोबारमा आएका १३ उपसमूहमध्ये १० उपसमूहगत सूचक बढेको छ भने आज ३ उपसमूहहरुको सूचक घटेको छ । अन्य सर्वाधिक ५.४८ प्रतिशतले बढ्दा फाइनान्स ३.३१, ब्यापार, निर्जीवन बीमा, जीवन बीमा, म्युचुअल फण्ड, जलविद्युत र लगानी सूचक १ प्रतिशत बढीले बढेका छन् । होटल तथा टुरिजम् इन्डेक्स १.१८ प्रतिशतले घट्दा बैंकिङ्ग ०.८२ प्रतिशत, उत्पादन तथा प्रशोधनमुलक ०.६६ प्रतिशतले घटेको छ ।

गोर्खाज फाइनान्सको सर्वाधिक कारोबार

सोमबार कारोबार रकमका आधारमा गोर्खाज फाइनान्स फाइनान्सको सर्वाधिक २२.७७ करोडको कारोबार भएको छ । फाइनान्सको २ लाख ७८ हजार ५५५ कित्ता सेयर १ हजार २५६ वटा संख्यामा सेयर खरीद बिक्री भएको हो ।

नेपाल टेलिकमको २१.८३ करोड, एचआईडिसीएल २१.०३ करोड, अपि पावर १९.२८ करोड, नेशनल हाइड्रोपावर १८.९४ करोड, नेपाल पुनर्बीमा कम्पनी १७.३५ करोड,

नेशनल लाइफ १६.४७ करोड, नेशनल माइक्रोफाइनान्स १६.३२ करोड, अरुण भ्याली हाइड्रोपावर १४.४३ करोड र एनआईसी एशिया बैंकको १३.८२ करोडको सेयर कारोबार भएको छ ।

तीन कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट,प्रभु सेलेक्ट फण्डको इकाई मूल्य घट्याे

आज मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेड, युनियन हाइड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य सर्वाधिक बढेको छ । तीनवटै कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।

खानीखोला जलविद्युत कम्पनी, हिमालयन उर्जा विकास कम्पनीको ८ प्रतिशत धेरै तथा गोर्खाज फाइनान्सको ७.११ र रुरु जलविद्युत कम्पनी, नेशनल लाइफ इन्स्योरेन्स, जोशी हाइड्रोपावरको ६ प्रतिशतले बढेको छ ।

त्यस्तै, सोमबार प्रभु सेलेक्ट फण्डको इकाई मूल्य सर्वाधिक ३.१७ प्रतिशतले घटेको छ । चन्द्रागिरी हिल्स २.९९ प्रतिशत, कुमारी बैंक २.४२ प्रतिशत, नेपाल बंगलादेश बैंक २.३५ प्रतिशत, सेञ्चुरी कमर्सियल बैंक, आरएसडिसी लघुवित्त र सप्तकोशी डेभलपमेन्टको सेयरमूल्य २ प्रतिशत बढीले घटेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ पुस २०७८, सोमबार  १७ : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।