नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड (NMFBS) को सेयरमूल्य समायोजन भएको छ ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि मंगलबार लघुवित्तले बुकक्लोज गरेसँगै मूल्य समायोजन गरिएको हो ।
लघुवित्त कम्पनीले गत आर्थिक वर्षबाट वितरणका लागि प्रस्ताव गरेको ४० प्रतिशत बोनस सेयर समायोजन गरी नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले माइक्रोफाइनान्सको बोनसपछि समायोजित सेयरमूल्य प्रतिकित्ता २६१४.२९ रुपैयाँ तोकेको छ । नेशनल माइक्रोफाइनान्सको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता २६१४।२९ रुपैयाँ कायम गरेको हो । सोमबारको अन्तिम कारोबार मूल्यमा बोनस समायोजन गरिएको हो । हिजो लघुवित्तको सेयर प्रतिकित्ता ३६६० रुपैयााँ अन्तिम पटक कारोबार भएको थियो ।
अब पुस २६ गतेसम्म कायम सेयरधनीहरुमात्रै लघुवित्तको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन् भने मंगलबार समायोजित सेयरमूल्यलाई आधार मानेर सेयर कारोबार खुल्नेछ ।
लघुवित्तले गत आर्थिक वर्षबाट चुक्ता पूँजीको ४० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कुल ४५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। लभांश पारित गर्न माघ ६ गते आठौँ वार्षिक साधारण सभाले बोलाइएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया