त्रियुगा उद्योग वाणिज्य सङ्घ अध्यक्षमा विश्वकर्मा

0
Shares

त्रियुगा वाणिज्य उद्योग सङ्घ उदयपुरको छैटौं साधारणसभाले सोमबार रमेस विश्वकर्माको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ ।

सोमबार गाईघाटस्थित रामजानकी प्यालेस सभाहलमा सञ्चालन भएको साधरणसभाले विश्वकर्माको अध्यक्षतामा सर्वसम्मत १२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको त्रियुगा उद्योग वाणिज्य सङ्घ गाईघाटले जनाएको छ ।

वरिष्ठ उपाध्यक्षमा पर्शुराम चौधरी, द्वितीय उपाध्यक्षमा नवीन बस्नेत, महासचिवमा दिनेश श्रेष्ठ, सचिवमा अनुपम अनुराग गुप्ता, कोषाध्यक्षमा टीका श्रेष्ठ चयन हुनुभएको सङ्घका संस्थापक अध्यक्ष रत्नबहादुर श्रेष्ठले बताएका छन् ।

सदस्यमा सरोज बस्नेत, रुद्र बस्नेत, दीपेन्द्र श्रेष्ठ, वैद्यनाथ साह, हीरा साह, श्रवण चौधरी चयन हुनुभएको नवगठित समितिका अध्यक्ष विश्वकर्माले बताए ।

पाँच वर्षदेखि विभिन्न प्राविधिक कारण उक्त सङ्घको साधरणसभा हुन नसके पनि यसपटक सफल सर्वसम्मतरूपमा नयाँ नेतृत्व चयन गर्न सफल भएको संस्थापक अध्यक्ष श्रेष्ठले जानकारी दिए।

नवनिर्वाचित अध्यक्ष विश्वकर्माले अब आफ्नो नयाँ कार्यसमितिले जिल्लाका व्यापारीका भोग्नु परिरहेका विभिन्न समस्या पहिचान गरेर समाधान गर्नेतर्फ पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

उद्योग वाणिज्य संघको साधरण सभा तथा अधिवेशनको उद्घाटनको क्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य विमल कार्कीले उद्योग वाणिज्य संघ आम व्यवसायीहरुको आशा र भरोसाको केन्द्र विन्दु भएकाले सदैव व्यवसायीक हितको लागि संस्था लागि पर्नु पर्ने बताएका छन् ।

कार्यक्रमको उद्घाटनलाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख खड्ग परियारले संघले विभिन्न किसिमको आरोह अवरोहहरु पार गर्दै आजको दिन सम्म आईपुगेकाले संघ लाई थप शसक्त ढंगले नेतृत्व गरेर अघि बढ्नका लागि आग्रह गरेका थिए । उदयपुर जिल्लाको आर्थिक विकास र समृद्धिसँग जोडिएको भएकाले पनि उद्योग वाणिज्य संघको नेतृत्व प्रति व्यापारी र नागरिकहरुको आशा र भरोसा रहेको औंल्याए ।

कार्यक्रम उद्घाटन शत्रमा त्रियुगा नगरपालिका नग उपप्रमुख देवी चौधरी, कांग्रेस नेता बसन्त बस्नेत, स्थानिय जनप्रतिनिधिहरु, त्रियुगा उद्योग वाणिज्य संघका पूर्व अध्यक्षहरु रत्न श्रेष्ठ, सुर्यनारायण साह, पूर्व प्रथम उपाध्यक्ष भरतसिंह राई, बद्रि खनाल लगायत पूर्व पदाधिकारीहरुको समेत उपस्तिथिति थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २७ पुस २०७८, मंगलबार  १३ : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।