
निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको २३ औं वार्षिक साधारण सभाबाट सेयरधनीलाई ५२ करोड ६३ लाख ४२ हजार १०५ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
कम्पनीको केन्द्रीय कार्यालय नक्साल भगवती काठमाडौंमा आइतबार सम्पन्न भएको सभाले चुक्ता पूँजीको २९.५० प्रतिशतले हुन आउने ५० करोड २५ लाख रुपैयाँको बोनस सेयर र कर प्रयोजनका लागि १.५५२६ प्रतिशतले हुन आउने २ करोड ६३ लाख १७ हजार १०५ रुपैयाँ नगद गरी कुल ३१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्त संस्थाको मंसिर ९ गते, बिहीबार सम्पन्न सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
त्यस्तै, सभाले आव २०७७।७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८।७९ को लागि लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
कम्पनीले साधारण सभा र लाभांश प्रयोजनको लागि पुस १३ गतेदेखि २५ गतेसम्म बुकक्लोज गरेको थियो । बुकक्लोजको आधारमा पुस १२ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीले मात्र लाभांश पाउनेछन् ।
हाल लघुवित्तको चुक्ता पूँजी १ अर्ब ६९ करोड ५० लाख रुपैयाँ रहेको छ । प्रस्तावित ५० करोड २५ लाख रुपैयाँ बराबरको बोनस शेयर वितरणपछि लघुवित्तको चुक्ता पूँजी २ अर्ब १९ करोड ५० लाख २५ हजार रुपैयाँ पुग्नेछ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया