बुधबार सुनको मूल्य ४०० ले बढ्यो, यस्तो छ आजको बजार मूल्य

0
Shares

सुनको मूल्य बुधबार नेपाली बजारमा बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुन तोलामा ४०० रुपैयाँले बढेको हो ।

महासंघका अनुसार बुधबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ र तेजावी सुन ९१ हजार ५०० रुपैयाँ कायम गरिएको छ । मंगलबार छापावाला सुन तोलाको ९१ हजार ६०० रुपैयाँ र तेजावी सुन प्रतितोला ९१ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै बुधबार चाँदीको मूल्यमापनि सामान्य वृद्धि भएकको छ । आज चाँदीको मूल्यतोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार २३५ रुपैयाँ भाउ तोकिएको छ । मंगलबार चाँदी तोलाको १ हजार २३० रुपैयाँमा कारोबार भएको थियो ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमाहुने सुन चाँदीको मूल्यको उतार चढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ८२१ डलर आसपासमा कारोबार भइरहेको छ । यस्तै चाँदी प्रतिऔँस २२.८४ डलर आसपासमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

 

प्रकाशित मिति: २८ पुस २०७८, बुधबार  ११ : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।