एशियन लाइफ इन्स्स्योरेन्सले बोलायो साधारण सभा, ५४ करोड लाभांश बाँड्दै

0
Shares

एशियन लाइफ इन्स्योरेन्स (ALICL) ले ५४ करोड २९ लाख ५ हजार ३९६ रुपैयाँ बराबरको लाभांश पारित गर्न माघ २१ गते साधारण सभा डाकेको छ ।

इन्स्योरेन्स कम्पनीमो सञ्चालक समितिको बैठकले होटल दियालो लर्डस प्लाजा, आदर्शनगर, वीरगञ्जमा बिहान साढे ११ बजे कम्पनीको १३ औं वार्षिक साधारण सभा बोलाएको हो ।

सभाले आर्थिक वर्ष २०७६।७७ सम्मको सञ्चित नाफाबाट सेयरधनीहरुलाई २५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि सहित २ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।

यसअनुसार कम्पनीले ५० करोड २६ लाख ९० हजार १८२ रूपैयाँ बराबरको बोनस सेयर र कर सहित ४ करोड २लाख १५ हजार २१४ रूपैयाँ नगद लाभांश गरी कुल ५४ करोड २९ लाख ५ हजार ३९६ रूपैयाँ लाभांश वितरणा गर्नेछ ।

हाल इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी २ अर्ब १ करोड ७ लाख ६० हजार रुपैयाँ रहेको छ । प्रस्तावित २५ प्रतिशत बराबरको ५० करोड २६ लाख रुपैयाँको बोनस सेयर वितरण पश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब ५१ करोड रुपैयाँ पुग्नेछ ।

यसैगरी इन्स्योरेन्सको ५१ प्रतिशत स्वामित्व रहेको एशियन क्यापिटल लिमिटेडमा सामूहिक लगानी कोष सञ्चालन गर्न सम्बन्धित नियामक निकायबाट स्वीकृती लिने तथा त्यसलाई कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।
सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, वित्तीय विवरण नाफा नोक्सान वासलाात लगायतका प्रस्तावहरु उपर पनि छलफल गरी पारित गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले माघ १२ गते बुधबार एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । यस अनुसार माघ ११ गतेसम्म नेप्सेमा सेयर कारोबार भइ कायम सेयरधनीहरुले मात्र लाभांश पाउने र साधारण सभामा प्रतिनिधित्व जनाउन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २९ पुस २०७८, बिहिबार  ०९ : ०९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।