प्रोगेशिभ फाइनान्स लिमिटेड (PROFL) को लाभांश घटेको छ ।
फाइनान्सले पुस २८ गते बसेको सञ्चालक समितिको बैठकले वित्तीय विवरण परिमार्जन भएकोले लाभांश परिमार्जन गर्दै घटाएको हो ।
अब फाइनान्सले चुक्ता पूँजी ८० करोड १ लाख रुपैयाँको ६ प्रतिशतका दरले हुन आउने ४ करोड ८० लाख रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनको लागि ०.३१५७ प्रतिशतले हुन आउने २५ लाख २६ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ ।
यसअघि फाइनान्स कम्पनीले ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
प्रोग्रेशिभले खुद नाफामा परिवर्तन हुनसक्ने अवस्था सृजना भएको भन्दै पुस ३० गते आह्वान गरेको साधारण सभा स्थगित गरेको थियो । अर्को सूचना प्रकाशित नभएसम्मका लागि साधारण सभा स्थगित भएको कम्पनीले जनाएको छ ।
कम्पनीको पुस २६ गते सोमबार सम्पन्न सञ्चालक समितिको बैठकले नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त वित्तीय विवरणमा कर सम्बन्धी प्रावधानमा केही फेरबदलका कारण कर प्रयोजन पछिको खुद नाफामा परिवर्तन हुनसक्ने अवस्था सृजना भएको भन्दै साधारण सभा स्थगित भएको जनाएको छ ।
साधारण सभा प्रयोजनका लागि गरिएको सेयर दाखिल खारेज (बुकक्लोज) मिति भने साबिककै (पुस १९ गते) कायम गरिएको जनाएको छ । यसअनुसार फाइनान्सको लाभांश पुस १८ गते आइतबारसम्म कायम सेयरधनीले मात्र पाउनेछन् । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा फाइनान्सको साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउनेछन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया