प्रि-ओपनिङ्गमा ४९ लाखको सेयर खरीद बिक्री, नेप्से ५ अंकले बढ्याे

0
Shares

साताको अन्तिम कारोबार दिन बिहीबार ४८ लाख ७७ हजार २८३ रुपैयाँ बराबरको सेयर खरीद बिक्री भएको छ ।  यस दिनको प्रि ओपनिङ्ग सेसनमा नेप्से ०.५९ प्रतिशत अर्थात ५.१७ अंकले बढेर २ हजार ८०८ दशमलव ८० अंकमा पुगेको छ ।

नेप्सेको प्रि-ओपनिङ्ग सेसनमा आज १५ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ९ कम्पनीको शेयरमूल्य बढेको छ भने ४ कम्पनीको शेयरमूल्य घटेको छ । २ कम्पनीको मूल्य स्थीर रहेको छ ।

यस अवधिमा १५ कम्पनीका १० हजार ७६६ कित्ता सेयर ३१ वटा संख्याको कारोबारबाट ४८ लाख ७७ हजार २८३ रुपैयाँमा खरीद बिक्री भएका हुन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २९ पुस २०७८, बिहिबार  १० : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।