सुनको भाउ तोलामा ५०० सयले महङ्गियो

0
Shares

सुनको मूल्य बिहीबार नेपाली बजारमा बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुन तोलामा ५०० रुपैयाँले बढेको हो ।

महासंघका अनुसार बिहीबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य ९२ हजार रुपैयाँ कायम गरिएको छ ।

बुधबार छापावाला सुनको मूल्य तोलाको ९२ हजार रुपैयाँ र तेजावी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार बिहीबार चाँदी प्रतितोला २० रुपैयाँले बढेर १ हजार २५५ रुपैयाँ कायम भएको छ ।

बुधबार चाँदी तोलाको १ हजार २३५ रुपैयाँमा कारोबार भएको थियो ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन चाँदीको मूल्यको उतार चढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ८२६ डलर आसपासमा कारोबार भइरहेको छ । यस्तै चाँदी प्रतिऔँस २३.१९ डलर आसपासमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

 

 

प्रकाशित मिति: २९ पुस २०७८, बिहिबार  १० : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।