कोरोनाले शिथिल पारेको जर्मनको अर्थतन्त्रमा सन् २०२१ मा सुधार आएको छ ।
सन् २०२० मा कुल आर्थिक वृद्धि दर ४.६ प्रतिशतमा सीमित भएको जर्मनको अर्थतन्त्र सन् २०२१ मा आइपुग्दा २.७ प्रतिशतले बढ्न गएको छ ।
आर्थिक वृद्धि दरमा क्रमिक रुपमा सुधार आएता पनि कोरोना आउनु अघिका वर्षहरुको आर्थिक वृद्धि दरको तुलनामा यो वर्षको आर्थिक वृद्धि दर २ प्रतिशतले पछाडि रहेको छ ।
कार निर्माण र उत्पादनले नै अर्थतन्त्र मजबुत पारिरहेको जर्मनको अर्थतन्त्रलाई चिप उत्पादनमा आएको अभाव र कारहरुको माग अनुसारको आपूर्ति हुन नसक्दा पनि अर्थतन्त्रले पहिलेको गति लिन नसकेको विज्ञहरुको भनाइ रहेको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वका साना देखि ठूला देशहरुको अर्थतन्त्र धरमराएको थियो । सन् २०१९ को अन्त्यबाट फैलिन सुरु गरेको कोरोना भाइरसको फैलावट २०२२ मा आइसक्दा पनि नियन्त्रणमा आउन सकेको छैन । अतः कोरोना भाइरस पूर्ण रुपले नियन्त्रणमा नआए सम्म अर्थतन्त्र गतिशील रुपमा अघि बढ्न सकेको छैन ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया