नेपाल इन्भेष्टमेन्ट बैंकको विशेष साधारण सभा रद्द

0
Shares

नेपाल इन्भेष्टमेन्ट बैंक (NIB) को विशेष साधारण सभा रद्द भएको छ ।

हिमालयन बैंक लिमिटेडसँगको मर्जर प्रस्ताव पारित गर्न माघ ४ गते आह्वान गरिएको उक्त सभा हिमालयन बैंकको सभाले मर्जर प्रस्ताव अस्वीकृत गरेसँगै रद्द भएको हो ।

बैंकले हिमालयन बैंकसँग गाभ्ने गाभिने सम्बन्धि विशेष प्रस्ताव पारित गर्न माघ ४ गते मंगलबार विशेष साधारण सभा डाकेको थियो । तर हिमालयन बैंकको पुस ३० गतेको वार्षिक साधारण सभालेसँग इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने प्रस्ताव अस्वीकृत गरेकाले विशेष साधारण सभा नगर्ने निर्णय इन्भेष्टमेन्ट बैंकले गरेको हो ।

यी दुई बैंक एक बराबर एक शेयर आदानप्रदान गर्ने सहमति अनुसार मर्जरमा जाने सम्झौता गरेका थिए । वार्षिक साधारण सभामा हिमालयन बैंकका अध्यक्ष प्रचण्डमान श्रेष्ठ र कर्मचारी संचय कोषले लिखित रुपमै विपक्षमा भोट हालेकाले मर्जर प्रस्ताव अस्वीकृत भएको हो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

 

प्रकाशित मिति: २ माघ २०७८, आइतबार  १२ : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।