नेपाल प्रहरीले १६ तोला सुन जस्तो देखिने धातु सहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले पोखरा महानगरपालिका अन्तर्गत पावर हाउस चोकबाट उक्त परिमाणको सुन नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा बागलुङ गैरागाउँ
बस्ने २० वर्षीय अमर बिक रहेका छन् । बिकलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।
काठमाण्डौंबाट पोखरातर्फ जादै गरेको ग.१ ख ५५६४ नम्बरको बसलाई वडा प्रहरी कार्यालय गंगनगौडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार बिकलाई उक्त परिमाणको धातु सहित फेला पारी पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया