किसान लघुवित्त वित्तीय संस्था लिमिटेड (KLBSL) ले आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट संस्थाका सेयरधनीहरूलाई पौने दश करोड रुपैयाँ बराबरुको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
लघुवित्त कम्पनीको माघ २ गते आइतबार सम्पन्न सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको २५ प्रतिशतले हुन आउने ९ करोड ८२ लाख २ हजार १९४ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित उक्त लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएर लघुवित्तको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले पाउनेछन् ।
हाल लघुवित्त कम्पनीको चुक्ता पूँजी ३९ करोड २८ लाख ८ हजार ७७५ रुपैयाँ रहेको छ । प्रस्तावित चुक्तापूँजीको २५ प्रतिशतले हुन आउने ९ करोड ८२ लाख २ हजार १९४ रुपैयाँ बराबरको बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पूँजी ४९ करोड १० लाख १० हजार ९६९ रुपैयाँ पुग्नेछ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया