फरवार्ड माइक्रोफाइनान्सको ४२ प्रतिशत लाभांश पारित

0
Shares

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड (FOWAD) को नवाैं वार्षिक साधारण सभाबाट ४२ प्रतिशत लाभांश पारित भएको छ ।

लघुवित्त कम्पनीको पुुस ३० गते सम्पन्न नवौं वार्षिक साधारण सभाले चुक्ता पूँजी ६२ करोड ५५ लाख १९ हजारको आधारमा ३५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

पुस ३० गते सम्पन्न सभाले भगवती चौधरी, राजकुमारी तब्दार, आशुतोष शर्मा सापकोटा, केशव राज पौडेल, बलराम चौधरी र जगत जंग जिसीलाई सञ्चालकमा निर्वाचित गरेको थियो । सोही दिन बसेको नव निर्वाचित सञ्चालक समितिको बैठकले भगवती चौधरीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

सभा प्रयोजनका लागि कम्पनीले पुस १६ गतेदेखि सभा हुने दिनसम्म बुकक्लोज गरेकाले पुस १५ गते सार्वजनिक विदाका कारण सेयर बजार बन्द भएकाले पुस १४ गतेसम्म कायम सेयरधनीहरुले मात्र उक्त लाभांश पाउनेछन् ।

सभाले अन्य कुनै लघुवित्त वित्तीय संस्थाहरुसँग मर्जर तथा प्राप्ति प्रक्रियामा जान आवश्यक देखिएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ३ माघ २०७८, सोमबार  १४ : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।