स्रोत नखुलेको साढे तीन लाख बढी नगद सहित एक भारतीय नियन्त्रणमा

0
Shares

नेपाल प्रहरीले स्रोत नखुलेको पौने ४ लाख रकम सहित एक जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।

प्रहरी रौतहटको बौधीमाई नगरपालिका–७ बाट स्रोत नखुलेको ३ लाख ६८ हजार ६०० रुपैयाँ सहित नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा भारत बिहार मोतिहारी थाना घोडा सहन बस्ने १९ वर्षीय यसराज जयसवाल रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार नेपालतर्फ आउदै गरेको बीआर ०५ एएन ६०८२ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी बंकुलबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त नगद सहित फेला परेको हो ।

उनलाई सोमबार दिउँसो पक्राउ गरिएको प्रहरी चौकी बंकुलले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ४ माघ २०७८, मंगलबार  १३ : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।