
भरपर्दो र उत्कृष्ट सेवा प्रदायकहरूलाई एकीकृत गरी उनीहरूलाई ग्राहकहरूसँग सजिलै जोड्नका लागि सहयोग गर्ने उदेश्यका साथ अनलाइन प्लेटफर्म “भेटायो सेवा“ को स्थापना भएको छ ।
सबै व्यावसायिक सेवाहरूको आवश्यकता सजिलै पूरा गर्नका लागि नोभेम्बर २०२१ देखि “भेटायो सेवा“ ले काठमाडौं उपत्यकामा आफ्ना सेवाहरु सञ्चालन गरिरहेकाे छ । कम्पनीले प्लम्बिङ, सरसफाइ, कीट नियन्त्रण, सवारी साधनको सफाई, पेस्ट कन्ट्रेल, ब्यूटीशियन तथा अन्य नयाँ व्यवसायिक सेवाहरू उपलब्ध गराउँदै आएको छ ।
आगामी दिनमा कम्पनीले भेट, लन्ड्री र पेन्टर जस्ता सेवाहरू थप गर्ने योजना रहेको कम्पनीकी विजनेस डेभलपमेन्ट अफिसर अन्शु शाक्यले जानकारी दिइन् ।
भेटायो अनलाइन प्लेटफर्मको सुरुवात खासगरी समयमै कुनैपनि सेवा पाउन धेरै गाह्रो हुने भएको देखेर कम्पनीले ग्राहकको अमूल्य समयलाई ध्यानमा राखी घरदैलोमा व्यवसायिक सेवा सजिलै उपलब्ध गराउनका लागि निर्माण गरेको हो । जहाँ प्रयोगकर्ताहरूले भरपर्दो र व्यवसायिक सेवा प्रदायकहरूसँग सजिलै जोडिन सक्छन् ।
घरेलु तथा व्यवसायिक सेवाहरु प्रदान गरिरहेको व्यवसायिक सेवा प्रदायक भेटायो सेवाले आफ्नाे सेवालाइ थप सरल र सजिलाे बनाउनका लागि आईओएस र एण्ड्रोइड भर्सनमा ‘भेटायो प्रोभाइडर’ एप विकास गरी उपलब्ध गराइसकेको छ ।

भेटायो एपले सम्पूर्ण प्रयोगकर्ताहरूको जीवनलाई सहज बनाउन ग्राहकको ढोकामा नै आवश्यकता अनुसार सेवाहरू उपलब्ध गराई जीवनलाई सजिलो बनाउने लक्ष्य राखेको छ ।
“भेटायो” शब्दले आफ्नो समस्याको समाधान खोज्नुलाई जनाउँदछ । यसबाट आफ्नो आवश्यकता पूरा गर्न एक अनुभव प्राप्त प्राविधिकबाट छिटो र सजिलो सेवा लिन सकिन्छ । एपमा क्लिक गर्ने वित्तिकै प्रयोगकर्ताहरूले सतप्रतिशत सन्तुष्टिको साथ आफ्नो घर वा व्यवसायमै अनुभवी र प्रशिक्षित सेवा पाउन सक्ने कम्पनीले दाबी गरेको छ ।
यो एपबाट उचित र पारदर्शी मूल्य प्राप्त गर्न, अनुभवी सेवा प्रदायकहरू छनोट गर्न, सेवामा ३० दिनको ग्यारेन्टी पाउन र अन्य विविध प्रकारका सेवाहरु सजिलै पाउन सकिन्छ ।

सेवा बुक कसरी गर्ने ?
प्रयोगकर्ताले सेवा प्राप्त गर्नका लागि कम्पनीको एपमा दर्ता हुन आवश्यक हुन्छ । जसका लागि सबैभन्दा पहिले भेटायो एप डाउनलोड गर्नुहोस् । त्यपिछि आवश्यक विवरणहरूको साथ दर्ता फारम भर्नुहोस् ।
जसमा नाम, ठेगाना, इमेल आईडी र सम्पर्क विवरणहरू आदि भर्ने वा आफ्नो फेसबुक खाताबाट पनि लगइन गर्न सक्नुहुनेछ । लगइन भइसकेपछि तपाइले कम्पनीमा आबद्द सेवाहरू छनौट गरी सेवा लिन सक्नुहुन्छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।






प्रतिक्रिया