अल्पकालीन लगानीकर्ता हाबी हुँदा मंगलबार सेयर लगानीकर्ताका लागि मंगल हुन सकेन ।
पछिल्लो तीन दिनमा नेप्से १४३.७६ अंकले बढेको थियो । १४४ अंकको वृद्धिपछि मंगलबार नेप्से १०.७८ अंकले घटेको हो ।
गत बुधबार ३० अंकले घटेको बजार बिहीबार ५४, आइतबार ६९ र सोमबार २१ अंकले बढेको थियो ।
नेप्से छोटो समयमा नै पाँच प्रतिभन्दा बढी बढेपछि अल्पकालीन लगानीकर्ताले नाफा सुरक्षित गर्दा बजारमा दोहोरो अंकको करेक्शन आएको हो । बजार सूचक तल्लो बिन्दुमा हुँदा सेयर खरीद गरेका लगानीकर्ता नाफा बुकिङ्ग गर्न हतारिँदा आज दिनभरजसो बजारमा तीव्र उतार चढाव देखा परेको थियो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार सेयर कारोबार मापक सूचक नेप्से ०.३७ प्रतिशत अर्थात १०.७८ अंकले घटेर २९३६.६६ बिन्दुमा झरेर बन्द भएको छ । ठूला कम्पनीहरुको कारोबार मापक सूचक सेन्सेटिभ इन्डेक्स भने १.१० अंकले बढेर ५४७.४७ बिन्दुमा पुगेको छ ।
मंगलबार कूल २२४ वटा कम्पनीको १ करोड ६० लाख ४ हजार ५३० कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम ८ अर्ब ४४ करोड ३४ लाख १९ हजार ५६१ रूपैयाँमा समेटिएको छ ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ४ वटा उपसमूह बढ्दा बाँकी ९ वटा उपसमूहगत सूचक घटेको नेप्सेले जनाएको छ ।
मंगलबार अपि पावर कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ५ लाख ५ हजार ७६४ कित्ता सेयर २८ करोड ११ लाख ३९ हजार रूपैयाँ बराबरमा खरीद बिक्री भएका छन् । यस्तै अरुण भ्याली २५.७१ करोड, नेपाल टेलिकम २५.१९, आइएमई जनरल इन्सयोरेन्स २४.५६ र हिमालयन डिष्टिलरीको २०.४८ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

मंगलबार सामलिङ्ग पावर कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक ९.४९ प्रतिशतका दरले नाफा कमाएका छन् । कम्पनीको सेयरमूल्य ५६.३० रुपैयाँले बढेर ६४९.३० रूपैयाँ पुगेको छ । यस्तै मध्य भोटेकोशी ८.११, आजैबाट कारोबारमा आएको बुद्धभुमी हाइड्रोपावर ६.०८, प्रभु बैंक ५.५६ र बरुण हाइड्रोपावरको सेयर लगानीकर्ताले ४.६६ प्रतिशतले नाफा कमाएका छन् ।
उता यसदिन मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सर्वाधिक ५ प्रतिशतले गुमाएका छन् । लघुवित्तको सेयरमूल्य सबैभन्दा धेरै ८१ रुपैयाँले घटेर प्रतिकित्ता १५४० रूपैयाँमा झरेको छ । यस्तै कर्पोरेट डेभलपमेन्ट बैंक ४.६२, गुडविलब डिबेञ्चर २०८३ को मूल् ४.५२, पन्चकन्या माइहाइड्रोपावर ४.४७ र खानीखोला हाइड्रोपावरको सेयरमूल्य ४.४० प्रतिशतले घटेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।






प्रतिक्रिया