मास्टर कार्ड सहित पाँच कार्डहरुमाथि साढे ४ करोड अमेरिकी डलर जरिवाना

0
Shares

बेलायतको भुक्तानी नियामक पेमेन्टस् सिस्टम रेगुलेटर (पीएसआर) ले कार्ड कार्टेिलिङमा संलग्न मास्टर कार्ड सहित पाँच प्रिपेड कार्डहरु माथि कारबाही प्रक्रिया अघि बढाएको छ ।

कार्टेलको अर्थ बजारमा उस्तै प्रकृतिका काम गर्ने संस्थाहरु एक–आपसमा मिलेर स्वस्थ प्रतिस्पर्धा बिना नै कुनै परियोजनाको टेन्डर लक्षित संस्थालाई प्रदान गर्नु हो । जहाँ सबै संस्थाको मिलिमतोमा ताेकिएकाे संस्थालाइ टेन्डर पार्ने गरिन्छ ।

शोषण तथा थिचोमिचोमा परेका मानिसहरुको उत्थानका लागि जारी गरिएको प्रिपेड कार्डहरुमा कार्टेलिङ गरेको अपराधमा बेलायती भुक्तानी नियामक संस्थाले ४ करोड ५० हजार अमेरिकी डलर जरिवाना तिर्नुपर्ने सजाय दिएको छ ।

नियम संगत जारी गरिएको उक्त टेन्डरमा इच्छुक प्रिपेड कार्ड वितरक कर्ताहरुले स्वच्छ प्रतिस्पर्धा गरी टेन्डर हात पार्नुपथ्र्यो तर कार्टेलिङका कारण त्यसो हुन सकेन ।  यसरी कार्टेलिङ गर्दा शोषणमा परेका मानिसहरुले सस्तोमा गुणस्तरीय सेवा पाउनबाट बञ्चित हुन पुगेका छन् भने स्वार्थ समूहले एक अर्काको मिलेमतोमा तय गरेको मूल्यमा प्रिपेड सुविधा प्रयोग गर्न बाध्य भएका छन् ।

प्रारम्भिक अध्ययन अनुसार पाँच संस्था दोषी पाइएको र उक्त संस्थाहरुले आफ्नो अपराध स्वीकार गरी जरिवाना तिर्न तयार भएको जानकारी बेलायती भुक्तानी प्रणाली नियामकका प्रबन्ध निर्देषक क्रिस हेम्सलेले जानकारी दिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  । 

प्रकाशित मिति: ४ माघ २०७८, मंगलबार  १६ : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।