साताको चौथो कारोबार दिन बुधबार धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से सूचक १।३१ प्रतिशत अर्थात ३८.३५ अंकले घटेको छ ।
बजारमा अल्पकालीन कारोबारी बिक्रेता हाबी हुँदा भारी गिरावट देखिएको हो । मंगलबार पनि नेप्से करिब ११ अंकले घटेको थियो । हिजोदेखि नै सुरु भएको बजारको ओरालो यात्रा बुधबार थप गहिरिएको हो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार पनि सेयर कारोबार मापक सूचक नेप्से ०.३७ प्रतिशत अर्थात १०.७८ अंकले घटेर २९३६.६६ बिन्दुमा झरेर बन्द भएको थियो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कारोबार मापक नेप्से ३८.३५ अंकले घटेपछि २ हजार ९०० बिन्दु तल झरेको छ ।
यसदिन सूचक २ हजार ८९८ दशमलव ३१ बिन्दुमा बन्द भएको छ । यता ठूला कम्पनीहरुको कारोबार सूचक सेन्सेटिभ इन्डेक्स पनि १.४३ अंकले घटेर ५३९.६५ बिन्दुमा झरेको छ ।
आज कूल २२८ कम्पनीको १ करोड १८ लाख ३७ हजार २१५ कित्ता सेयर ८४ हजार २३३ वटा कारोबारबाट ६ अर्ब २ करोड १३ लाख ११ हजार ८८१ रुपैयाँमा खरिद बिक्री भएका छन् । हिजो मंगलबार कूल २२४ वटा कम्पनीको १ करोड ६० लाख ४ हजार ५३० कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम ८ अर्ब ४४ करोडमा कारोबार भएको थियो ।
बुधबार कारोबारमा आएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको सूचक घटेको नेप्सेले जनाएको छ । कारोबारमा आएकामध्ये १९१ कम्पनीको सेयरमूल्य घट्दा १० कम्पनीबो सेयरमूल्यमा कुनै परिवर्तन भएन । २८ कम्पनीकोे मूल्यमा मात्र वृद्धि भएको छ ।
यसदिन अपि पावर कम्पनी लिमिटेडको सर्वाधिक २० करोड ३२ लाख २१ हजार रूपैयाँको कारोबार भएको छ । यस्तै अरुण भ्याली हाइड्रोपावरको २०.०७ करोड, एचआईडिसीएल १५.३१ करोड, अपर तामाकोशी १५.२१ करोड र सूर्या लाइफको १४.०१ करोडको सेयर कारोबार भएको छ ।
बुधबार बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९७ प्रतिशतले बढेर २८७.८० रूपैयाँ पुगेको छ । यस्तै सामलिङ्ग पावरको ९।९६ प्रतिशतले बढ्दा सांग्रिला डेभलपमेन्ट बैंक ४.३८ प्रतिशत, सेन्चुरी बैंक २.७९ प्रतिशत र छ्याङ्दी हाइड्रोपावरको २.७९ प्रतिशतले मूल्य बढेको छ ।

आजको बजारबाट घलेम्दी हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरधनीले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै ४.३४ प्रतिशतले घटेर ३५३ रूपैयाँमा झरेको छ । कालिका लघुवित्त र ग्लोबल आइएमई समुन्नत स्कीम १ को इकाईमूल्य ४ प्रतिशत धेरै घट्दा मध्यभोटेकाशी र गुहेश्वरी मर्चेन्टका लगानीकर्ताले पनि करिब ४ प्रतिशत हाराहारीमा नै गुमाएका छन्।
आज एचआईडिसीएलको सबैभन्दा धेरै कित्ता ४ लाख ७३ हजार कित्ता सेयर कारोबारमा आउँदा सेञ्चुरी बैंकको ४ लाख ४३ हजार कित्ता सेयर कारोबार भएको छ । कारोबार संख्याका आधारमा मध्यभोटेकाशी ११ हजार ३६६ वटा कारोबार भयो ।
बुधबारको कुल बजार पूँजीकरण ४० खर्ब ९५ अर्ब ८५ करोड र कुल फ्लोट बजार पूँजीकरण १४ खर्ब ३३ अर्ब ८८ करोडमा समेटिएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया